बैशाख १७, २०८१, सोमबार
               

लागूऔषधसहित १० जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित १० जनालाई पक्रेकाे छ । कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-२ लिङकगेटबाट करिब ३ किलो अवैध लागूऔषध अफिमसहित रुकुम (पश्चिम) वाफिकोट गाउँपालिका-८ दुली बस्ने ३५ वर्षीय लाले भन्ने लाल बहादुर खत्रीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी कपिलवस्तु, कृष्णनगर नगरपालिका-१ कुकुरभुकुवाबाट नियन्त्रित लागूऔषध २२५ ट्याबलेट नाइट्राजेपाम र ३ सय ट्याब्लेट ट्रामाडोल हाईड्रोक्लोराईड सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका-३ बस्ने २१ वर्षीय विजय बानिया र सोही उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय आकाश गुप्ता रहेका छन् ।यता साथै मकवानपुरकाे हेटौडा उपमहानगरपालिका-१५ चुरियामाईस्थित सडकबाट नियन्त्रित लागूऔषध २७५ पिस नाईट्रोभेट र  १० बोतल उइनसिरेक्स सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका-११ थाना भर्‍याङ बस्ने ४० वर्षीय सिताराम लामिछाने र सोही उपमहानगरपालिका-१९ बसामाडी बस्ने ३९ वर्षीय दिनेश भण्डारी रहेका छन् ।  

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१७ हटिया बस्ने २७ वर्षीय दिपेस भुजेल, सोही उपमहानगरपालिका-१० राप्तीरोड बस्ने २६ वर्षीय एलिस श्रेष्ठ र  सोही उपमहानगरइपालिका-६ गौरिटार बस्ने २३ वर्षीया नम्रता चौलागाई रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले भुजेलको साथबाट  नियन्त्रित लागूऔषध ९५ पिस नाइट्रोभेट, श्रेष्ठको साथबाट १३ एम्पुल डाइजेपाम, १६ एम्पुल फनारागन, १५ एम्पुल नुर्फिन र चौलागाईको साथबाट ७५ पिस नाइट्राभेट फेला पारेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका-१ बागवानीबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा र धारिलो हतियार तलवार सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका-२ डाबरी बस्ने २० वर्षीय श्रवन महतो र सोही ठाउँ बस्ने १९ वर्षीय बद्री महतो रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि