जेठ ०३, २०८१, बिहीबार
               

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रानीपोखरी उद्घाटन

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

काठमाडौं ।  भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्  । २०७२ माघ २ गते पुनर्निर्माण शिलान्यास गरिएको सो पोखरी भण्डारीले बुधबार एक समारोहकाबीच उद्घाटन गरेकी हुन् । 

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण सो पोखरी क्षतिग्रस्त भएको थियो । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा  तयार गरिएको छ । 

रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आस आफूले राखेको बताइन् । त्यसैगरी, उनले रानीपोखरी उद्घाटन समारहोकै क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई रानीपोखरीदेखि दशरथ रंगशालासम्म जोड्ने बृहत टुँडिखेल गुरुयोजना कार्यान्वयनमा लैजान आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी तयार पारेको वृहत्तर गुरुयोजना सरोकारवाला पक्षसँग समन्वय गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी हुन् ।
पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध गराउने राष्ट्रपति भण्डारीले बताइन् ।

यसै क्रममा राष्ट्रपति भण्डारीले रानीपोखरीसँगै रहेको दरबार हाइस्कुल पनि उद्घाटन गरेकी छिन् । दरबार हाइस्कुल नेपालको सबैभन्दा पुरानो स्कुल हो । जंगबहादुर राणा बेलायतबाट फर्केपछि आफ्ना सन्तानलाई अंग्रेजी पढाउन खोलिएको सो स्कुल वीर समशेरले बुधबार राष्ट्रपति विद्यदेवी भण्डारीले उद्घाटन गरेकै स्थानमा बनाएका थिए । 

यो पनि