जेठ ०२, २०८१, बुधबार
               

असई गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न सात जना सार्वजनिक

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

कैलाली  ।  कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न भएकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सो घटनामा संलग्न भएको भनी प्रहरीले सार्वजनिक गरिएकाहरुमा धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल राना छन् । 

सुरुमा प्रहरीले सीमा क्षेत्रबाट १३ जनालाई पक्राउ गरी सुरु गरिएको जानकारी दिँदै प्रहरीले उल्लेखित सातलाई मात्र हत्यामा संलग्न भएको भन्दै सार्वजनिक गरेको छ । 

शनिबार राति असई विकसहित उनीसित गएका हवल्दारको हत्या भएको थियो । असई विकको हत्या भएको भोलिपल्टै शव फेला परे पनि उनीसँगै गएका हल्दारको शव भने मंगलबार मात्रै नदीभित्र बालुवाले छोपेको अवस्थामा फेला परेको छ । 

सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीका अधिकारीहरुले खोज्दा पनि शव नभेटिइरहेका वेला पक्राउ परेका अभियुक्तले दुवैको हत्या स्वीकारेपछि खोजीलाई साँघुरो बनाइएको बताइएको छ । 

हवल्दार साउदको शव नदीभित्र जमिनबाट करिब आधा फिट बालुवामा गाडिएको अवस्थामा परेको थियो । टाउकोमा लाठी र गर्धनमा चोट लागेको छ । 


कस्तो लाग्यो ?

यो पनि