जेठ ०२, २०८१, बुधबार
               

कोरोनाको उपचार खर्च मनलाग्दी उठाउँदै निजी अस्पताल
खासमा कति तिर्नुपर्छ ?

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितसँग उपचार शुल्क उठाउने निर्णय गरेपछि कति शुल्क लिने भन्ने बारेमा अस्पतालहरू अन्योलमा छन् । सरकारले बिरामीको अवस्थाअनुसार उपचारको शुल्क निर्धारण गरे पनि केही अस्पतालहरूमा अन्यौलता देखिन्छ । स्वास्थ्य मन्त्रालयको निर्देशनपछि केही अस्पतालले शुल्क उठाउन सुरु गरिसकेका छन् ।

केही अस्पतालले प्रक्रिया अगाडि बढाएका छन् । कतिपय अस्पतालहरूले सरकारले तोकेको शुल्क नै लागू गर्ने बताए पनि कतिले आफूखुसीसमेत लिँदै आएका छन् ।

सरकारी अस्पतालले कति लिन्छन् शुल्क ?

‘कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश, २०७७ लाई संशोधन गर्न बनेको आदेश’ ले बिरामीको अवस्थाअनुसार उपचारबापत पाउने विभिन्न लागत रकम तोकेको थियो । 

यस आदेशले सामान्य अवस्थादेखि जटिल अवस्थाअनुसार उपचार शुल्क तोकको छ। सोहीअनुसार सरकारी अस्पतालले शुल्क असुलेका छन् ।

त्रिवि शिक्षण अस्पतालले सरकारले तोकेको शुल्कअनुसार नै उपचार गर्ने बताएको छ ।यता वीर अस्पतालले पनि सरकारी शुल्ककै आधारमा उठाउने तयारी गरेको  छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले भने सङ्क्रमितको उपचार गरेबापत शुल्क लिन सुरु गरिसकेको छैन । सिभिल अस्पतालले बिरामीको उपचारको शुल्क उनीहरूको अवस्था र उपचारअनुसार गरिरहेको छ ।

निजीको मनलाग्दी शुल्क

सरकारी अस्पतालहरूले यसअघि सरकारले सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउँदै आएको अनुदान रकमअनुसारकै शुल्क लिने तयारी गरेका छन् । तर, सरकारले निजी अस्पताललाई पनि यसअघिकै शुल्क लिन आग्रह गरिएको छ । कतिपय अस्पतालले भने मनलाग्दी शुल्क असुलिरहेका छन् । निजी अस्पतालले भने सङ्क्रमितले अस्पतालमा लिएको सेवाअनुसार शुल्क फरक पर्ने जानकारी दिएका छन् ।

निजी अस्पतालले भने सुविधाअनुसार कोरोनाको उपचार शुल्क निर्धारण गरेका छन् ।  उनीहरूले पहिलेदेखि नै आफूखुसी शुल्क लिँदै आइरहेका थिए । सरकारी शुल्कका आधारमा हेर्दा निजी अस्पतालमा जटिल सङ्क्रमितको उपचार खर्च कम्तीमा पाँच गुणा महँगो पर्ने देखिन्छ ।

निजी अस्पतालले सामान्य वार्ड, क्याबिनमा बसाई, डिलक्स रुममा बस्ने लगायतका छुट्टाछुट्टै प्याकेज बनाएका छन् । सङ्क्रमितले आइसोलेसनमा भर्ना भएर उपचार गर्दा दैनिक सातदेखि १२ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने देखिन्छ ।

यसमा खाजा तथा खाना खर्च थप थपिने देखिन्छ ।  निजी अस्पतालहरूको शुल्क हेर्दा छुट्टै क्याबिन तथा डिलक्स सुविधा भएका अस्पतालमा भर्ना भएका बिरामीले १५ दिनसम्म बस्दा ६ लाखसम्म तिनुपर्ने अवस्था देखिन्छ ।

खासमा कति तिर्नुपर्छ शुल्क ?

‘कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको उपचार बापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७ लाई संशोधन गर्न बनेको आदेश’ ले बिरामीको अवस्था अनुसार उपचारबापत पाउने विभिन्न लागत रकम तोकेको थियो । 

यस आदेशले सामान्य अवस्थादेखि जटिल अवस्थाअनुसार उपचार शुल्क तोकको छ।  जसअनुसार कोरोना सङ्क्रमित नागरिकले उपचारका लागि कति शुल्क तिर्नुपर्छ त ? 

  • आइसोलेसन केन्द्रमा भर्ना हुने लक्षण नभएका वा सामान्य लक्षण भएका बिरामीका लागि प्रतिदिन २ हजार रुपैयाँ ।

यो आधारमा हेर्दा लक्षण नभएका वा सामान्य लक्षण भएका सङ्क्रमितले १० दिन  आइसोलेसनमा बस्दा २० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

 

  • सामान्य लक्षण भई अस्पताल भर्ना भएकाहरुका लागि प्रतिदिन तीन हजार पाँच सय ।

यो आधारमा हेर्दा सामान्य लक्षण भएर अस्पताल भर्ना भएका सङ्क्रमितले १० दिन अस्पताल बस्दा ३५ हजार तिर्नुपर्ने हुन्छ ।

  • मध्यम जटिल बिरामीका लागि प्रतिदिन सात हजार ।

यो आधारमा हेर्दा १० दिनसम्म अस्पतालमा बस्दा मध्यम जटिल बिरामीले ७० हजार तिर्नुपर्ने हुन्छ ।

  • जटिल र क्रिटिकल बिरामीका लागि प्रतिदिन १५ हजार । 

यो आधारमा हेर्दा १० दिनमा जटिल र क्रिटिकल सङ्क्रमितले एक लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि