जेठ ०३, २०८१, बिहीबार
               

शुक्लफाँटा राष्ट्रिय निकुञ्ज जंगल सफारीका लागि खुला

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

काठमाडौै ।  शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी र जंगल वाकका लागि खुला गरिएको छ ।

निकुञ्ज कार्यालयले एक सूचना सार्वजनिक गर्दै सुरक्षाका मापदण्ड पालना गर्ने गरी जंगल सफारी र जंगल वाकका लागि खुला गरेको जानकारी दिएको छ । सो सूचनामा निकुञ्ज प्रवेश गर्दा अनिवार्यरूपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्नुपर्ने उल्लेख छ । यसका अलवा एकापसमा भौतिक दूरी कायम गर्नुपर्ने उल्लेख छ । 

जंगल सफारी तथा जंगल वाकमा जाँदा अनिवार्यरूपमा नेचरगाइड साथमा हुनुपर्नेछ । निकुञ्ज कार्यालयले तोकेको रुटमा मात्र जंगल ड्राइभ र जंगल वाक गर्न पाइने बताइएको छ । निकुञ्जभित्र हुने र्‍याफ्टिङ, हात्ती सफारी, फिसिङ र क्याम्पिङ पर्यटकका लागि खुला नगरिएको जारी सूचनामा जनाइएको छ ।

निकुञ्ज कार्यालयसँग सहमति लिएर मात्रै निकुञ्ज प्रवेश दिइनेछ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशमा गत चैत महिनादेखि निषेध गरिएको थियो । निकुञ्ज प्रवेश बन्द हुँदा पर्यटकीय गतिविधि शून्य रहेको थियो ।

यो पनि