जेठ ०२, २०८१, बुधबार
               

आफ्नै काकाको हत्या गरी फरार भएका अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

कास्की । आफ्नै काकाको हत्या गरी ६ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टंकबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका छोरा ४६ वर्षीय इन्द्र बहादुरलाई पक्राउ गरिएको जनाएको छ । 

गत वैशाख २१ गते पोखरा–२० स्थित जङ्गल छेउमा रहेको पाल तथा स्याउलाले बनाएको छाप्रोमा तामाङको टाउको तथा अनुहारमा गम्भीर चोट लागेको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

घटनामा इन्द्र बहादुरको संलग्नता देखिएपछि खोजतलासको क्रममा लमजुङको मध्यनेपाल नगरपालिका–२ सोती पसलमा फेला पारेर पक्राउ गरी पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घटनापछि मृतकको छोराले तामाङविरुद्ध किटानी जाहेरी दिएका थिए । गत वैशाख २० गते राति मदिरा सेवन गरेपछि दुई जनाबीच झैझगडा सुरु भएको र सोही क्रममा इन्द्रबहादुरले टंकबहादुरको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको उनले बताए ।

प्रतिवादी तामाङले प्रारम्भिक सोधपुछ गर्दा घटना घटाएको स्वीकार गरेको र उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान कार्य अगाडि बढाइएको प्रनाउ हमालले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि