जेठ ०२, २०८१, बुधबार
               

अवैध जडिबुटीसहित पक्राउ परेका तीन जनामाथि कारबाही

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

मकवानपुर । प्रतिबन्धित जडिबुटीको ट्रकसहित पक्राउ परेका तीन जनामाथि डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरले सोमबारदेखि आवश्यक अनुसन्धान एवं कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको छ । 

इलाका प्रहरी कार्यालय पालुङ र डिभिजन वन कार्यालय पालुङबाट खटिएको टोलीले अवैधरुपमा ओसारपसार गरिरहेको अवस्थामा बा.४ख ९६३२ नम्बरको ट्रकसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउपर्नेमा ट्रक चालक थाहा नगरपालिका–७ का १९ वर्षीय राजकुमार गोले, ट्रकमा सवार रहेका उक्त स्थानका ५१ वर्षीय बुद्धीलाल थिङ र १८ वर्षीय रमेश थिङ रहेको बताइएको छ । 

थाहा नगरपालिका–७ बाट डाँडाबासतर्फ आउँदै गरेको सो नम्बरको ट्रकलाई एक्कासी जाँच गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध जडिबुटी बरामद भएपछि निजलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि