जेठ ०२, २०८१, बुधबार
               

करिब डेढ करोड बराबरको अवैध यार्सागुम्बासहित पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

दार्चुला । प्रहरीले महाकाली नगरपालिका-४ पुलघाटस्थित सडकबाट डेढ करोडभन्दा बढीकाे यार्सासहित एक जनालाई पक्राउ गरेकाे छ । 

प्रहरीले १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५१० ग्राम यार्सागुम्बासहित एक जना पक्राउ गरेकाे हाे ।पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका-३ बस्ने ३५ वर्षीय दोकार लामा रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई लुकाएर राखेको अवस्थामा उक्त यार्सागुम्बा फेला पारी पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाले थप अनुसन्धानका लागि बरामद यार्सागुम्बासहित उनलाई डिभिजन वन कार्यालय दार्चुला पठाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि