बैशाख २८, २०८१, शुक्रबार
               

कैलाली असई घटना प्रकरणमा संलग्न भएको आशंकामा ११ जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा ११ जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । 

प्रहरीले सो क्षेत्रबाट सामान तस्करीमा संलग्न हुने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यलाई पक्राउ गरेको छ । यद्यपि पक्राउ पर्नेहरुको नाम भने खुलाइएको छैन। 

केही बेरअघि मात्रै मृतक विकको शव निकालिएको छ । असई विकको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुसन्धान गरिएको छ । तर, असई विकसँगै शनिबार साँझ बा. ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद भने अझै बेपत्ता छन् । उनको  खोजी कार्य भइरहेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि