तनहुँ । १२ वर्षीया, ९ वर्षीया र ११ वर्षीया ३ जना बालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-१० दुधेकुना बस्ने ७२ वर्षीय बलराम सापकोटा र १६ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी पुर्कोटबाट खटिएको टोलीले अभियुक्तहरूलाई पक्राउ गरेकाे हाे । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।