जेठ ०३, २०८१, बिहीबार
               

पूर्वमन्त्री यादवको निधन

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

सप्तरी । पूर्वमन्त्री डा. डम्बरनारायण यादवको ८६ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

महादेवा गाउँपालिका–३ बथनाहा निवासी पूर्वमन्त्री डा। यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उनका भतिजा अजय यादवले जानकारी दिए ।

काठमाडौंमा बसोबास गर्दै आएका डा यादव एक महिनाअघि बथनाहास्थित घरमा आएर बसेका थिए । 

उनी चार दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि विराटनगर लगिएको थियो । 

केही वर्षअघि मुटुको बाइपास सर्जरी गराएका डा यादवको मस्तिष्कघातका कारण निधन भएको भतिजा अजयले बताए ।

यादव २०३६ साल जेठ १८ गते तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री थिए । 

यसैगरी, २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उनी स्वास्थ्यमन्त्री रहेका थिए ।

प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय भएका यादव मधेशी नागरिक समाजको अध्यक्षको हैसियतामा सामाजिक कार्यमा संलग्न रहेका थिए ।

उनको महादेवा गाउँपालिका–३ बथनाहास्थित पैतृक गाउँमा आइतार साँझ दाहसंस्कार गरिने यादवको पारिवारिक स्रोतले जनाएको छ । 

यादवका एक छोरा र एक छोरी छन् । उनकी श्रीमतीको एक वर्षअघि निधन भएको थियो ।

यो पनि