बैशाख २७, २०८१, बिहीबार
               

सार्वजनिक बस चढ्दा फेस सिल्डको प्रयोग गर्न यातायात व्यवस्था विभागको आग्रह

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । यातायात व्यवस्था विभागले यात्रुलाई बस चढ्नुअघि फेस सिल्डको प्रयोग गर्न आग्रह गरेको छ । सार्जनिक गाडीमा पूर्ण सिट क्षमतामा यात्रु चढाउन पाउने सरकारको निर्णयसँगै सामाजिक दूरी कायम हुन नसक्ने सम्भावनालई मध्यनजर गर्दै यातायात विभागले आइतबार एक सूचनामार्फत यस्तो आग्रह गरेको हो ।  

सरकारले सार्वजनिक बसमा पूरै यात्रु बोकाउन पाउने निर्णय गरेसँगै यात्रुहरु सबै सिटमा बस्न थालेका छन् ।जसका कारण भौतिक दूरी कायम हुन सकेको छैन ।

सवारी साध चढ्दा यात्रु आफैँ आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने विभागको भनाइ छ । विभागले सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नर्तिन यात्रुलाई आग्रह गरेको छ । सरकारले यसअघि आधा सिटमा मात्रै यात्रु बोक्दा साविकको भाडाममा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो । तर, विभागले एक सूचना जारी गर्दै सो नियम खारेज भइसकेको र साविककै दरमा भाडा लिनुपर्ने बताएको छ ।

यो पनि