जेठ ०२, २०८१, बुधबार
               

लागूऔषध ब्राउनसुगरसहित सप्तरीबाट दुईजना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । शनिबार प्रहरीले सप्तरीबाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

अग्निसाईर कृष्णासवरण गाउँपालिका– ५ बकधुवास्थित भित्री सडकमा महदेवा गाउँबाट महुलीतर्फ स ७ प १८६५ नम्बरको मोटरसाइकलमा लागूऔषध ब्राउनसुगर लिएर आउँदै  भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहको कमाण्डमा खटिएको टोलीले विभिन्न सवारीसाधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा आएकालाई लागूऔषधसहित पक्राउ गरेर आज सार्वजनिक गरेकाे हो ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक सप्तरी तिलाठी कोईलाडी गाउँपालिका– ७ बस्ने बैजनाथ शर्माका छाेरा १९ वर्षीय निरज शर्मा र सोही मोटरसाइकलमा पछाडी सवार रहेका सोही स्थानका २७ वर्षीय भरत शर्मा रहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

उनिहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडी सवार रहेका भरत शर्माको साथबाट ब्राउनसुगरसहित १० ग्रामका दरले ५ पोकामा ५० ग्राम  ब्राउनसुगर, वन प्लस र सेमसुङका २ थान मोबाईल र नगद ६ हजार ९०० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उक्त मोटरसाइकल, ब्राउनसुगर, दुई थान मोबाईल र नगदसहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सप्तरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि