बैशाख १५, २०८१, शनिबार
               

दसैँमा स्वस्थ्य खसीबोका मात्रै खरिद गर्न महानगरको आग्रह

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपभोक्तालाई स्वस्थ खसीबोका  मात्रै खरिद गर्न आग्रह गरेको छ ।

दसैँको मुखमा खसी बोकाको बिक्री वितरण सुरु भएसँगै महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले आमउपभोक्तालाई यस्तो आग्रह गरेका हुन् । 

उनले स्वास्थ्य बोकामा हरियो रङ र अस्वस्थ खसीबोकामा रातो रङ लगाइएको हुने जानकारी दिए । उपत्यकाका खसीबोकामा बजारमा नियमित अनुगमन गरी महानगरपालिकाले स्वस्थ र अस्वस्थ खसीबोका र च्याङ्ग्राको पहिचान गरी रङ लगाइने गरेको उनले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि