बैशाख १७, २०८१, सोमबार
               

लोटरी परेको भन्दै ‘फेक कल’मार्फत ठगी गर्ने गिरोह पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

दाङ । ‘फेक कल’ गरेर ठगी गर्ने गिरोहलाई दाङ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रौतहटका सुमन झा, सोनालाल ठाकुर र पर्साका राजनारायण चौरासीया रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले भारतमा लोटरी परेको छ भन्दै ‘फेक कल’ गरेर दुइ जनालाई ठगी गरेका थिए । लमही नगरपालिकाका दुई जना महिलाबाट उनीहरुले ६३ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

दुई महिलालाई भारतमा लोटरी परेको र ट्याक्स तिनुपर्छ भन्दै पटक-पटक ईमो, भाइबरलगायतबाट फोन गरेर आइएमईमार्फत रकम हाल्न लगाएको उजुरी परेपछि रौतहट र पर्सा जिल्लाका तीन जनालाई पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

दाङ प्रहरीले रौतहट र पर्सा प्रहरीसँग समन्वय गरेर तीन जनालाई पक्राउ गरी दाङ ल्याएको हो ।

यसैबीच, प्रहरीले लोटरीका विषयमा कतैबाट फोन आए तत्काल प्रहरीमा खबर गर्न समेत सबैमा अपिल गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि