जेठ ०६, २०८१, आइतबार
               

दोलखाका मन्दिर र शक्तिपीठहरुमा निषेधाज्ञा

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लाभित्रका मन्दिर र शक्तिपीठहरुमा निषेधाज्ञा जारी गरेको छ । 

शुक्रबार बसेको जिल्ला सुरक्षा समिति र डिसीसीएमसीको बैठकले मन्दिर र शक्तिपीठहरुमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा जारी सर्कुलरअनुसार जिल्ला भित्रका मन्दिर र शक्ति पीठहरुमा असोज ३० गते राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाएका छन् ।

विज्ञप्तिमा जिल्लाभरी संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ । 

प्रशासन कार्यालयले मन्दिर र शक्तिपीठहरुमा भीड नगरिदिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि