मंसिर ०७, २०८१, शुक्रबार
               

डेढ वर्षको छोरोसहित आमा नदीमा हाम फालिन्

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । 

नदीमा डुबेर उनको डेढ वर्षीय छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ । 

भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् । 

इलाका प्रहरी कार्यालय गितानगरको टोलीले खोजी गर्दा हेमन्तीलाई हामफालेको स्थान नजिकैबाट सकुशल उद्धार गरेको हो । 

उनको डेढ वर्षको छोरो भने करिब २ किलोमिटर तल मेजरघाटमा मृत फेला परेको चितवन प्रहरीले जनाएको छ । 

हेमन्ती नदीमा हामफाल्नुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि