मंसिर ०७, २०८१, शुक्रबार
               

एकमहिने बालकमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

काठमाडौं । डोटीमा एकमहिने बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा बोगटान फुडसिल गाउँपालिका–५ का एकमहिने बालकमा संक्रमण पुष्टि भएको हो । 

सो गाउँपालिका स्वास्थ्य संयोजक प्रेम बोगटीका अनुसार संक्रमित शिशुका आमा र बाबुमा पनि कोरोना पुष्टि भएको छ । रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रमा रहेका उनीहरु दसैँ मनाउनका लागि घर आएसँगै स्वाब संकलन गरी परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । 

यसका अलवा सो जिल्लामा २६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै सो जिल्लामा कुल कोरोना संक्रमितको संख्या एक हजार एक सय ७२ पुगेको छ ।स्वास्थ्य कार्यालय, डोटीका अनुसार सो जिल्लामा ८३ जना सक्रिय संक्रमित छन् ।


कस्तो लाग्यो ?

यो पनि