जेठ ०८, २०८१, मंगलबार
               

दसैँ-तिहारजस्ता महत्वपूर्ण चाडबाड घरमै मनाउनू : गुल्मी प्रशासन

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले दसैँ-तिहारजस्ता महत्वपूर्ण चाडबाड घरमै मनाउन आदेश जारी गरेको छ । सार्वजनिक यातायात सञ्चालन हुन थालेकाले कोरोना संक्रमितको संख्या बढ्दै जाने  अनुमान गर्दै गुल्मी प्रशासनले यस्तो आदेश जारी गरेको हो । यसका अलवा सो प्रशासनले मानिसलाई आवश्यक स्वास्थ्य मापदण्ड पालना आदेश दिएको छ ।

बिहीबार प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सकेसम्म घरमै बसेर चाडपर्व मनाउन र घर अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आदेश जारी गरेका छन् ।

साथै, दसैँको अवसरमा परम्परादेखि हुँदै आएका नियमित पूजापाठ बाहेक धार्मिक मेला, जात्रा, सरायँ नाचलगायतका गतिविधि नगर्न आदेश जारी गरिएको छ ।

यो पनि