मंसिर ०७, २०८१, शुक्रबार
               

हेटौँडाका सङ्क्रमितको चितवनमा मृत्यु

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

भरतपुर अस्पतालमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ९ प्रगतिटोलका ६६ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज साँझ ६ः१५ बजे मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि