बाग्लुङ । तमानखोला गाउँपालिका २ बुङखानीबाट ११ नाल भरुवा बन्दुक र २ नाल बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार तमानखोला गाउँपालिका २ बुङखानी बस्ने ६६ वर्षीय गुनवीर छन्त्याल, ६४ वर्षीय भिम बहादुर कामी, ६० वर्षीय भान बहादुर रसाईली, ४६ वर्षीय धन बहादुर छन्त्याल, ४५ वर्षीय जाल बहादुर छन्त्याल, ४१ वर्षीय सुरेश रसाईली, ३१ वर्षीय भुपाल छन्त्याल, २९ वर्षीय मोती प्रसाद रसाईली, २१ वर्षीय नकुल रसाईली र २८ वर्षीय तुला सिंह छन्त्याललाई पक्राउ गरिएकाे हाे ।
अवैध रुपमा घरमा हातहतियार लुकाइ राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरीले तलासी गर्दा लुकाई राखिएकाे अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।