संखुवासभा । कर्मचारीलाई कोरोना संक्रमण भएपछि संखुवासभाका दुई पालिका बन्द गरिएको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्म सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका पाँच जना कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष शेर्पाले बताए ।
त्यस्तै, धर्मदेवी नगरपालिकाका एक जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण भएपछि नगरपालिकाका सबै सेवा बन्द गरिएको छ। नगरपालिका र मुडे बजार लगायत कार्यालयहरु बन्द गरिएको धर्मदेवी नगरपालिकाकी उपप्रमुख शोभा घिमिरेले बताइन् ।
त्यस्तै, जिल्ला अस्पतालका कर्मचारीमा समेत कोरोना देखिएपछि आइतबार बाट आकस्मिक र प्रसूती बाहेका सबै सेवा बन्द गरिएको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि ट्रेसिङमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको अस्पतालका निमित्त प्रमुख डा. सुन्दरश्याम झाले जानकारी दिए ।
कोरोना संक्रमण बढेसँगै खाँदबारी नगर क्षेत्रका विद्यालय कक्षाहरू समेत बन्द भएका छन् । बैसिकाई सहजीकरण निर्देशिका अनुसार केही विद्यालयहरूले टोलटोलमा गएर र अधिकांश विद्यालयमा नै विद्यार्थी बोलाएर कक्षा सञ्चालन गर्न थालेका थिए ।
हालसम्म सङ्खुवासभामा ९६ जना कोरोना संक्रमित फेला परेका छन् ।