काठमाडौं । हत्या गरी फरार रहेका श्यामकिशोर प्रसाद कुशवाहालाई ३० वर्षपछि प्रहरी पक्राउ गरेकाे छ ।
२०४४ सालमा सिम्रौनगड नगरपालिका-६ कोहलपुर बस्ने जयमंगल प्रलादकाे हत्या गरेकाे अभियोगमा उनलाई पक्राउ गरिएकाे २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए ।
अभियुक्त कुशवाहा भारतमा लुकिछिपी बसेको विशेष सुचनाको आधारमा २ नं. प्रदेश प्रही कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराको संयुक्त प्रहरी टोलीले नेपाल भारत सीमा क्षेत्रमा पर्ने सिम्रौनगढबाट पक्राउ गरेकाे हाे ।
जिल्ला अदालत बाराबाट २०५७ सालमा १० वर्ष कैद फैसला ठहर भई फरार रहेका उनलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेकाे हाे ।