असोज ०५, २०८१, शनिबार
               

कोरोना रिपोर्ट पोजेटिभ आएको भन्दै नोबेलले आइसियूको बिरामीलाई मध्यरातमा निकाल्यो

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

विराटनगर । नोबेल मेडिकल कलेजले आइसियूमा उपचाररत बिरामीलाई मध्यरातमा निकालेको छ ।

विराटनगर महानगरपालिका- १४ का ७५ वर्षीय भिखारी यादव बुधबारयता नोबेलको आइसियूमा उपचाररत थिए । उनलाई कोरोना संक्रमण भएको शुक्रबार पुष्टि भएको थियो । पोजेटिभ रिपोर्ट आएपछि अस्पतालले राति करिब ८ बजे बिरामीलाई निकालेको हो ।

जबकी उपचाररत बिरामीलाई कोरोना पुष्टि भए त्यही उपचार गर्नुपर्ने सरकारको निर्णय छ । अन्यत्र रिफर गर्नुपर्ने हब अस्पतालसँग समन्वय गर्नुपर्ने हुन्छ ।

तर नोबेलले आफन्तलाई दबाव दिएर आईसीयूमा उपचाररत संक्रमितलाई मध्यरातमा निकालेको छ । ‘कोरोना पोजेटिभ देखिएपछि अन्यन्त्र लैजानू भन्दै दबाब दिइरहे’ यादवका छोरा गांगाले भने, ‘राति ८ बजे टेम्पोमा राखेर नोबेलबाट निकाल्यौं ।’

नोबेलले निकालेपछि गम्भिर अवस्थाका बाबुलाई अस्पताल भर्ना गर्न ठूलै संघर्ष गर्नुपरेको उनले बताए । उनले कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा भर्ना गर्न खोजेको थिए । तर कोशीले बेड खाली छैन भनेपछि न्यूरो अस्पताल पुगे ।

न्युरोमा पनि बेड खाली छैन भनेपछि विमानस्थल मोडमा रहेको होटल एसियाटिकको आइसोलेसनमा लगे । होटलले लक्षण देखिएको विरामीलाई अस्पताल लैजान भन्दै पठायो । ‘होटलले पनि भर्ना गर्न नमानेपछि ठूलाबडालाई फोन गरेँ’ उनले भने ‘राति साढे ९ बजे बल्ल बल्ल न्युरो अस्पतालमा भर्ना गर्‍यौँ ।’

न्युरो अस्पतालको कोभिड-१९ उपचार केन्द्रको आइसियूमा वृद्धको उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि