असोज ०५, २०८१, शनिबार
               

क्वारेन्टाइनबाट भागेका ७ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

डोटी । क्वारेन्टाइनबाट भागेर घर गएका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहका अनुसार भारतबाट आई क्वारेन्टाइन बसेका उनीहरु गत सोमबार राति करिब ९ बजे   क्वारेन्टाइनबाट भागेर घर गएका  थिए । शनिबार स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका १६ जनामध्ये १२ जना संक्रमित भेटिएका शाहले जानकारी दिए ।

स्थानीय केदारेश्वर माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट संकलित नमुना जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको थियो । नतिजा पोजेटिभ आएपछि सातै जनालाई मंगलबार साँझ फेरि क्वारेन्टाइनमा राखिएको स्वास्थ्य संयोजक शाहले बताए ।

घरका सदस्यहरुलाई पनि बाहिर जान नदिने र पाँच दिनपछि उनीहरुको स्वाब संकलन गर्ने निर्णय भएको शाहले जानकारी दिए ।

शिखर नगरपालिकामा क्वारेन्टाइनबाट घर गएकाहरुको पोजेटिभ रिपोर्ट आएको यो दोश्रो घटना हो । यसअघि वडा नं. ३ को आलीअतुरालीमा पनि संक्रमित घर गएको तेस्रो दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

पहिलोपटक सूचनामा अन्योलताका कारण त्यस्तो भएको भए पनि यसपटक सुरक्षा अभावका कारण यस्तो भएको शाह बताउँछन् । 


कस्तो लाग्यो ?

यो पनि