असोज ०५, २०८१, शनिबार
               

महोत्तरीमा एकै गाउँका किशोर र युवतीको झुण्डिएको शव भेटियो

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिका–६ सरपल्लो गाउँमा एकै दिन दुई जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार मङ्गलबार एकै दिन स्थानीय १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको अवस्थामा भेटिएको हो ।

सुनिलको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको छ भने खुश्बुको शव उनको घरदेखि पाँच मिटर उत्तरमा रहेको आँपको बगैँचामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनिहरु दुवै के–कति कारणले झुण्डिएको अथवा उनीहरुको मृत्यु कसरी भएको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ भने दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि