बैशाख १५, २०८१, शनिबार
               

बलात्कार घटनामा संवेदनशील बन्न गृहमन्त्रीको निर्देशन

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

काठमाडौं । अहिले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधिक घटनाहरू बढ्न सक्ने भन्दै निस्तेज पार्ने गरी सुरक्षा रणनीति बनाउन  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरीलाई निर्देशन दिएका छन् । 

साथै पछिल्लो समय लैङ्गिक हिंसा र बलात्कारका घटना बढेको बताउँदै बलात्कार घटनाप्रति संवेदनशील हुन पनि प्रहरीलाई निर्देशन दिए । उनले अन्तर्राष्ट्रिय सीमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको बताउँदै सीमा नाकाबन्दलाई प्रभावकारी बनाइराख्न आग्रह गरे ।

मंगलबार भएकाे प्रदेश नं १ को प्रदेशस्तरीय भर्चुअल सुरक्षा गोष्ठीलाई संवोधन गर्दै गृहमन्त्री थापाले भने, ‘नयाँ चुनौतीहरूलाई निस्तेज पार्दै जनताको जिउधनको सुरक्षा गर्न अहिलेको सुरक्षा रणनीतिलाई परिमार्जन गर्दै उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाएर कार्यान्वयन गर्नुस् ।’

यो पनि