असोज ०५, २०८१, शनिबार
               

मेयरमा संक्रमण पुष्टि भएपछि बर्दघाट नगरपालिका सिल

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

सामान्य लक्षण देखिएपछि नगरप्रमुख धीरज शर्मा बस्यालले कोरोना परीक्षण गराउँदा पोजिटिभ देखिएको थियो । नगर प्रमुखलाई संक्रमण देखिएपछि मंगलबारदेखि नगरपालिकाका सबै सेवा बन्द गरिएको सूचना अधिकारी पुष्कर काफ्लेले जानकारी दिए । 

नगरपालिकाका केही कर्मचारीमा पनि सामान्य लक्षण देखिएको छ । ‘मेयर साहेबलाई संक्रमण देखिएपछि सबै कर्मचारीको परीक्षण गरिने र परीक्षण रिपोर्ट नआउने बेलासम्म कार्यालयका सबै सेवा बन्द गरिएको छ ।

वडा कार्यालयहरुको काम भने सुचारु छ’, काफ्लेले भने । संक्रमित नगर प्रमुख बस्यालको अवस्था सामान्य छ । उनी होम आइसोलेसनमा छन् ।


  


कस्तो लाग्यो ?

यो पनि