काठमाडौं । काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कस्थित एक होटलमा छापा मारी नक्कली मह बनाउने गिरोहलाई समातेको छ ।
सोमबार बिहान महानगरपालिको बजार अनुगमन टोलीले बसपार्कस्थित होटल रेड डाइमण्ड पर्वतको तीनवटा कोठामा चिनी पानी पकाएको खुदोलाई मह भनी राखिएको अवस्थामा भेटाएको हो । महानगरपालिकाका अनुसन्धान अधिकृत र प्रहरीले होटल मालिक र अन्य १२ जनालाई नियन्त्रणमा लिएको छ ।
अनुगमन टोलीमा रहेका उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाका अनुसार चिनी पानी (खुदो) लाई मह भनी बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । अहिले अनुसन्धान चलिरहेकाले विस्तृत विवरण भने आउन बाँकी रहेको तिमल्सिनाले बताए।