मंसिर ०७, २०८१, शुक्रबार
               

चितवनमा थप ५५ जनामा संक्रमण

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

चितवन । चितवनमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्याबमा गरिएको २३५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४६ जना चितवनका हुन् भने बाँकी ९ जना चितवन बाहिरका छन् ।

संक्रमित हुनेहरू ६ वर्षीय बालकदेखि ७१ वर्षका वृद्धसम्म छन् । भरतपुर अस्पतालले आइतबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका १८ पुरुष र १६ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, राप्तीका १, खैरहनीका ३, रत्ननगरका १ पुरुष र ५ महिलामा पनि संक्रमण पुष्टि भएको छ । कालिकाका १ महिला र १ पुरूषमा पनि संक्रमण भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

यस्तै, पर्साका ६ पुरूष, मकवानपुर र तनहुँका १/१ पुरूष र सर्लाहीकी एक महिलामा पनि संक्रमण पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि