असोज ०६, २०८१, आइतबार
               

तनहुँबाट एकैदिन विभिन्न मुद्दाका २६ जना फरार प्रतिवादी पक्राउ

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले आज एकैदिन विभिन्न मुद्दाका २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वन, सम्बन्धविच्छेद, नाता कायम, गाली बेइज्जती, कुलोपानी, जारी, कुटपिट, लुटपिट, करकाप, मानसिक तथा शारीरिक हिंसा मुद्दाका प्रतिवादी रहेका छन् । 

वन मुद्दामा ९ वर्षदेखि फरार ऋषिङ गाउँपालिका–५ पीपलटार बस्ने ५२ वर्षीय कुलबहादुर दरै पक्राउ परेका छन् । निजलाई जिल्ला अदालतले विसं २०६८ असार २३ गतेको फैसलाले पाँच महिना २६ दिन कैद र ३८ हजार २२० रुपैयाँ जरिवाना तोकेको थियो । 

त्यस्तै प्रहरीले जारी, कुलोपानी, मानसिक तथा शारीरिक हिंसा र सवारी ज्यान मुद्दामा एकएकm वन, नाता कायम, लुटपिट, करकाप, जालसाजी, लागुऔषध र गालीबेइज्जती मुद्दामा दुईदुई, कुटपिट मुद्दामा तीन तथा सम्बन्धविच्छेद मुद्दामा चार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई ७० हजार १०४ रुपैयाँ जरिवाना र पाँच महिना २६ दिन कैद भुक्तानको लागि अदालत पेश गरिएको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फी र सरकारी बिगो तिर्न बाँकी भएका व्यक्तिको खोजीका लागि प्रहरीले अभियान चलाएको छ ।


कस्तो लाग्यो ?

यो पनि