कात्तिक १६, २०८१, शुक्रबार
               

‘सरकारको चेतावनी– ‘बेवास्ता गरिए पुनः लकडाउन हुनसक्छ’

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्ने तर्फ सरकारले चेतावनी दिएको हो ।

मन्त्रिपरिषद‍्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गरे ।

नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै  ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए ।

यद्यपी उनले अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको बताए । तर नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने भन्दै सचेत गराए ।

‘चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था आउँदैन, लकडाउन गर्ने/नगर्ने कुरा सरकारी आग्रह र अपिलहरू नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा भर पर्छ,’ उनले भने ।

त्यस्तै उनले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन अपिल गरेका छन् । दशै, तिहार र छठजस्ता चाडपर्वहरूमा भीडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह गरे ।


कस्तो लाग्यो ?

यो पनि