कात्तिक १६, २०८१, शुक्रबार
               

गोरुको आक्रमण र अरिङ्गालको टोकाइबाट २ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

काठमाडौं । अरिङ्गालको टोकाइबाट गम्भिर घाइते बनेका खाेटाङका एक युवकको उपचारका क्रममा आज मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिङ राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

अरिङ्गालले टोकेपछि उद्धार गरेर बेहोस अवस्थामा उपचारका लागि अस्पताल ल्याइएका राईको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए ।

त्यस्तै सल्यानमा गोरुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सो आक्रमणमा एक जना घाइते भएका छन् । शारदा नगरपालिका –११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको मृत्यु भएको हो । बारी जोत्ने क्रममा शुक्रबार रावतलाई आक्रमण गरी गम्भिर घाइते बनाएकामा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रावतको पेटमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए। गोरुको आक्रमणबाट घाइते भएकी ५० वर्षीया गाजली रावतको सल्यान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि