बैशाख २१, २०८१, शुक्रबार
               

काठमाडौंमा सुनको औँठी र नगद लुटेर भाग्ने सात जना पक्राउ

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

काठमाडौं । लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

धादिङ घर भई हाल काठमाडौं म्हेपी बस्ने २९ वर्षीय (ट्याक्सी चालक) बिष्णु ढकाल लगायत सात जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं नयाँ बजारस्थित धारा गल्लीमा काभ्रे भुम्लु–४ घर भई हाल कपुरधारा बस्ने ३७ वर्षीय सूर्य तामाङको सुनको औँठी र नगद लुटपाट भएको थियो । 

तामाङको आधा तोला सुनको औंठी र नगद २६ हजार ६ सय रुपैयाँ लुटपाट भएको प्रहरीले जनाएको छ । 

तामाङ स्कुटरमा आईरहेको अवस्थामा विष्णु ढकालले चलाएको बा २ ज १२२५ नम्बरको ट्याक्सीमा सवार एक समूहले तामाङको नगद र औंठी लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

टोखा नगरपालिका–९ मिलनटोलस्थित नमस्ते गेष्ट हाउसबाट उक्त नम्बरको ट्याक्सी, ट्याक्सी चालक, गेष्ट हाउस सञ्चालक लगाएत सात जनालाई फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि