नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १२ चारघरेबाट ११ जुवाडे पक्राउ परेका छन् ।
वडा नम्बर १२ माझगाउँका राजु रिमालको पसलबाट उनीहरुलाई रंगेहात पक्राउ गरिएको नुवाकोट प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २४ हजार रुपैयाँ नगद समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा पसले समेत रहेका राजु रिमाल, रामशरण रिमाल, अर्जुन प्रसाद रिमाल, अर्जुन घिमिरे, शुभप्रसाद कोइराला,रामप्रसाद रिमाल, रामहरि रिमाल रहेका छन् । यस्तै, पक्राउ पर्ने अन्यमा विनोद तामाड, ठाकुर भुजेल र श्याम भुजेल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पक्राउ परेका राजु रिमालको घर सधैँ जुवाको अखडा बन्ने गरेको स्थानियबासीले बताएका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय विदुर ल्याएर अनुसन्धान शुरु गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।