जेठ ०१, २०८१, मंगलबार
               

प्रहरीलाई घुस दिने पक्राउ

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिका-२७ ठमेलमा महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङमा खटिएका प्रहरीलाई नगद २ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ परेका छन् । 

प्रहरीलाई घुस दिन खाेज्ने बा.४२ प ६२६८ नम्बरको मोटरसाइकल चालक बारा कलैया नगरपालिका-२० घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय ब्रिज किशोर साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साहले गलत साइडबाट मोटरसाइकल ल्याएपछि रोकेर कागजपत्र जाँच गर्ने क्रममा कागजपत्र भित्र उक्त नगद हाली प्रहरीलाई घुस दिन खोजेपछि उनलाई प्रहरीले उक्त घुससहित पक्राउ गरेको हो ।
  


कस्तो लाग्यो ?

यो पनि