मंसिर ०७, २०८१, शुक्रबार
               

नाका बन्दको माैका छोपी पटाकाको अवैध कारोबार

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

झापा । नेपाल-भारतबीचका नाका बन्द भएका बेला पटाकाको अवैध कारोबार फस्टाउन थालेको छ । विगत केही दिनको अविधमा ठूलो परिणाममा झापाका सीमा नाकामा प्रहरीले पटाका बरामद गरेपछि यो तथ्य बाहिर आएको हो ।

कोरोना भाइरसको संक्रमणले मानिसलाई आक्रान्त बनाइरहेका बेला चोरी बाटो हुँदै पटाका पैठारी गर्ने धन्दा सीमा नाकामा मौलाउँदै गएको छ । शनिबार झापाको गौरादह नगरपालिका–९ मा भारतबाट ल्याउँदै गरेको अवस्थामा चकलेट बम पटाका ६० बट्टा र नागिन पटाका १५ बन्डल प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी कुञ्जिबारीबाट खटिएको प्रहरीको टोली उक्त परिमाणको पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । चाडबाडलाई लक्षित गरि अवैध रुपमा भारतबाट पटका भित्रिन सुरु भइसकेको छ ।

गत शुक्रबार राति भद्रपुर नगरपालिका ३ स्थित महेशपुर नाकाबाट पटाकासहित एक जना अटो चालक ४२ वर्षीय ढाक्रे राजवंशी पक्राउ परेका थिए ।  विशेष सुराकीमा खटिएको प्रहरी टोलीले शुक्रवार बेलुका ७ बजे मे १ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिएको थियो ।

अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा अटो भित्र लोड गरी लुकाई छिपाई राखिएको अवस्थामा ५८ बन्डल खुर्सानी पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद गरिएको पटाकाका मूल्य एक लाखभन्दा बढी छ । बरामद गरिएको पटाका र अटोसहित चालक राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि