असोज ०५, २०८१, शनिबार
               

भक्तपुरका गेष्ट हाउसबाट ७ महिला र सञ्चालकसहित १४ जना पक्राउ

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले भक्तपुरका गेष्ट हाउसबाट ७ महिला र सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । अमर्यादित क्रियाकलापमा संलग्न भएको भन्दै भक्तपुरको ठिमी क्षेत्रका गेष्ट हाउसहरुबाट १४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ७ जना महिला रहेको प्रहरीले जनाएको छ ।

लकडाउन खुलेपछि गेष्ट हाउसहरूमा असामाजिक कृयाकलापहरू बढेको सूचनाको आधारमा शनिबार ठिमी प्रहरीले सुनकोशी गेष्ट हाउस, सनसाइन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको हो  ।

सुनकोशी गेष्ट हाउसबाट धनुषाको धारापानी घर भएका २० वर्षीय कमल गिरी, मध्यपुर ठिमी नगरपालिका–७ बस्ने ३० वर्षीय रमेश घजु र दोलखाको भिमेश्वर–४ घर भै हाल नयाँठिमी बस्ने २० वर्षीया महिला परेका छन् ।

साथै सनसाइन गेष्ट हाउसका धनी रामेछापको उमाकुण्ड–२ निवासी हाल कौशलटार बस्ने ३८ वर्षीय दिलध्वज खड्का, दाङको राजपुर निवासी हाल ललितपुरको बालकुमारी बस्ने २४ वर्षीया महिला, मोरङको केराउन–४ निवासी हाल भक्तपुरको कमलबिनायक बस्ने ३५ वर्षीया महिला, भक्तपुरको चाँगुनारायण–७ का ४७ वर्षीय पुरुष र भोजपुरको षडानन्द–११ घर भई हाल नयाँठिमी बस्ने २३ वर्षीय पुरुष पनि पक्राउ परेका छन् ।

त्यस्तै बालकुमारी गेष्ट हाउसका धनी कालिकोटको नरनाथ–५ घर निवासी हाल नयाँठिमी बस्ने २४ वर्षीय नरेश बोगटी, सिन्धुलीको गैरीगाउँ–४ निवासी हाल हाल नयाँठिमी बस्ने ३२ वर्षीया महिला, काभ्रेको रोशी–२ निवासी हाल नयाँ ठिमी बस्ने २३ वर्षीया महिला, सिन्धुलीको भिमान–२ निवासी हाल जोरपाटी बस्ने २४ वर्षीया महिला, सुनसरीको धरान घर भई हाल लुभु बस्ने २२ वर्षीया महिला र मकवानपुरको कैलास गाउँपालिका–२ घर भई हाल नयाँठिमी बस्ने २७ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ परेका सबैको अनुसन्धान भइरहेको र कसुर अनुसार कारवाही अगाडि बढाउने प्रहरीले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि