असोज ०५, २०८१, शनिबार
               

भरुवा बन्दुकसहित पक्राउ

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

बाजुरा । त्रिबेणी नगरपालिका-२ छतारा बस्ने २८ वर्षीय प्रेम बुढालाई १ थान एकनाले भरुवा बन्दुकसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मौरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो ।

सिन्धुली, फिक्कल गाउँपालिका-६ डाडाटोल बस्ने २४ वर्षीय तिर्थ बहादुर तामाङलाई १ थान भरुवा बन्दुकसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रत्नावतीबाट खटिएको प्रहरीले तिर्थ बहादुर तामाङको घरमा तलासी गर्दा घरको भर्‍याङको चेपमा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारेको हो ।

साथै थप अनुसन्धान गर्ने क्रममा उक्त भरुवा बन्दुक तिर्थ बहादुरका दाइ ३१ वर्षीय राज कुमार तामाङको भन्ने खुल्न आएपछि राज कुमारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि