असोज ०५, २०८१, शनिबार
               

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित ११ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

असोज २१ गते गरिएको स्वाa परीक्षणबाट आफू र उपाध्यक्षलगायत ११ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष योविन्द्र सिंह तामाङले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष अन्जु आचार्यले पनि आफ्नो रिपार्ट पोजेटिभ आएको बताएकी छिन् । अध्यक्ष एवं उपाध्यक्ष दुवै जनाले आफूसँग सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहन र परीक्षण गराउन भनेका छन् ।

गत २१ गते बुधबार गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङ, उपाध्यक्ष अन्जु आचार्य लगायत केही कर्मचारी, सवारी चालक एवं स्थानिय व्यापारीहरु गरी १८ जनाको स्वाव संकलन गरिएको थियो ।

पछिल्लो समय गाउँपालिकाका अध्यक्ष लगायत केही व्यक्तीमा कोरोनाको लक्षण देखिएको थियो । लक्षण देखिएपछि गरिएको परिक्षणमा आधाभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । अहिले अध्यक्ष, उपाध्यक्ष लगायत संक्रमितहरु होम आइसोलेसनमा छन् ।


कस्तो लाग्यो ?

यो पनि