मंसिर ०७, २०८१, शुक्रबार
               

लमही–कोइलाबास सडक निर्माणपछि भारतको बाटो हिँड्नु पर्ने बाध्यता हट्यो

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

नेपाल–भारत जोड्ने लमही कोइलाबास हुलाकी सडकको निर्माण कार्य सम्पन्न भएको छ । सडक बनेपछि कोइलाबासको यात्रा सहज भएको हो । झण्डै चार वर्षअघि सुरु भएको सडक निर्माण कार्य डेढ महिनाअघि सम्पन्न भएको हो । लमहीबाट कोइलावास नाकासम्मको दूरी साढे ३३ किलोमिटर छ ।

सडक कालोपत्रे भएपछि लमहीबाट ४५ मिनेटमा सजिलै कोइलाबास पुग्न सकिन्छ । हुलाकी सडकअन्तर्गत पर्ने गढवा बजारको मुहार समेत यही सडकका कारण फेरिएको छ । सडक पेटी, रेलिङ्ग र फराकिलो सडकले यहाँको सुन्दरता बढाएको छ । ७६ करोडको लागतमा सडक निर्माण कार्य सकिएको निर्माण कम्पनी कुमार कालीका जेभिका साईड ईञ्चार्ज राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘सडक कालोपत्रे र निर्माणको सबै काम सकिएको छ । पहाडी क्षेत्रमा पुरिएको नाला सफाईको काम भने चलिरहेको छ’ श्रेष्ठले भने, ‘दुई देश जोडिने सडक निर्माण गर्न पाउँदा हामी पनि खुशी छौँ ।’ ‘सम्झौता भएको ६ महिनासम्म त काम सुरु गर्न पाइएन । पछिल्ला दिनहरुमा पनि केही असहजता आएको थियो’ निर्माण कम्पनीका श्रेष्ठले भने, ‘म्याद थप गरेर भए पनि हामीले सडकको सबै काम सकेका छौँ ।’

सडक निर्माण सम्पन्न भएको दुई वर्षपछि मात्रै सरकारलाई हस्तान्तरण गरिने छ । यो दुई वर्षको अवधीमा सडक भत्किएको, बिग्रिएको खण्डमा मर्मत सम्हार गर्ने जिम्मेवारी निर्माण कम्पनीको रहने छ ।

 


कस्तो लाग्यो ?

यो पनि