जेठ ०७, २०८१, सोमबार
               

१३ वर्षीया बालिका र एक महिलालाई बलात्कार गर्ने दुईजना पक्राउ

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले १३ वर्षीया बालिका र एक महिलालाई बलात्कार गर्ने दुईजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–९ निवासी हाल काठमाडौंको बानेश्वर बस्ने २१ वर्षीय कुश यादव र रामेछाप जिल्लाको दोरम्वा गाउँपालिका–७ घर भई हाल भक्तपुरको बोडे बस्ने २१ वर्षीय पासाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरेपछि शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पासाङ तामाङ पक्राउ परेका हुन् । तामाङले बालिकालाई ललाइफकाइ आफ्नो कोठामा लगेर गत असोज १८ गते आइतवार राति बलात्कार गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका तामाङलाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । साथै कुश यादवले गत कात्तिक २३ मा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ धुन्चेपाखामा एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसनर पीडित युवतीले गत साउन २४ मा काठमाडौंको पेप्सीकोलास्थित एक घरको शौचालयमा बच्चा जन्मएर घर पछाडिको पर्खालमा राखेकी थिइन् । पर्खालमा नवजात शिशु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर शिशुलाई उद्धार गरी एक गैरसरकारी संस्थामा पठाए र घटनाको अनुसन्धान थालेको थियो ।

प्रहरीको अनुसन्धानमा युवती पक्राउ परेपछि बलात्कारको घटना पत्ता लागेको हो । प्रहरीले यादवलाई मध्यपुर थिमि–१ लोहकिल्थलीबाट मंगलवार पक्राउ गरेको जनाएको छ । पक्राउ परेका यादवलाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि