जेठ ०६, २०८१, आइतबार
               

२ थान बन्दुकसहित एक पक्राउ

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

खोटाङ । आफ्नै घरमा भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा खोटाङका एक युवक पक्राउ परेका छन् ।  हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेनीका ३० वर्षीय मेघराज राईलाई आज दुई थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग गरिने खजनासहित प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । 

अवैध रुपमा घरमा बन्दुक राखेको भन्ने स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नायब उपरीक्षक चिमोरीयाले बताए । 


कस्तो लाग्यो ?

यो पनि