जेठ ०६, २०८१, आइतबार
               

सुन चोर्दै गर्दा रङ्गेहात पक्राउ

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

मोरङ । पसलबाट सुन चोर्दै गर्दा मोरङको उर्लाबारी नगरपालिका-७ बाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पाथीभरा अस्मिता ज्वेलर्सबाट सोकेश फुटाएर सुन चोर्न खोज्दै गर्दा पथरीशनिश्चरे नगरपालिकाका विशाल लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले जानकारी दिए ।

प्रहरीका अनुसार लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु भइरहेकाे छ ।

 


कस्तो लाग्यो ?

यो पनि