जेठ ०७, २०८१, सोमबार
               

नेपालमा पाँच दिनमै थपिए १६ हजार भन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बितेको ५ दिनमै नेपालमा १६ हजार १ सय ६ जना संक्रमित थपिएका छन् भने ७२ जनाको मृत्यु भएको छ । 

आइतबार ८४ हजार ५ सय ७० संक्रमित रहेकामा शुक्रबार नेपालमा १ लाख ६०० सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप दुई हजार ७ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म ६०० जनाको मृत्यु भइसकेको छ ।

प्रवक्ता गौतमका अनुसार आजसम्म देशभरमा सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ । हाल देशभरमा १० हजार ८७ जना संस्थागत आइसोलेसनमा रहेको गौतमले जानकारी दिए । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरि ७३ हजार २३ जना कोरोना संक्रमणमुक्त भएको जानकारी दिए ।  

मन्त्रालयका अनुसार, आज २७ हजार ५३ जना सक्रिय संक्रमित छन् । 


कस्तो लाग्यो ?

यो पनि