जेठ ०७, २०८१, सोमबार
               

थप १९ जना नेपाली सेनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

काठमाडौं । बितेको २४ घण्टामा नेपाली सेनाका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सैनिक मुख्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म नेपाली सेना २ हजार ९८८ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

संक्रमित १ हजार ५१८ जना निको भएका छन् । अहिले सेनाका १ हजार ४६८ जनामा सक्रिय संक्रमण छ ।

नेपाली सेनामा कोरोना संक्रमणबाट अहिलेसम्म २ जनाले ज्यान गुमाएको मुख्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि