जेठ ०७, २०८१, सोमबार
               

उपत्यकाबाट हराएका बुलेटसहित २६ मोटरसाइकल फेला, ८ जना चोर पक्राउ

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यबाट चोरी भएका २६ वटा मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सवारी धनीलाई जिम्मा लगाएको छ । शुक्रबार ट्राफिक महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले सवारी धनीलाई मोटरसाइकल जिम्मा लगाएका हुन् ।

प्रहरीले फेला पारेका मध्ये दुईवटा बुलेट मोटरसाइकलसहित प्रदेश–३–०२,०१४प ३१८९ र बोडेबाट हराएको को३९प २४३ नम्बरको बुलेट मोटरसाईकल फेला परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

कोभिड–१९ महामारीको बीच सादा पोसाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल र स्कुटर खोजी अनुसन्धान भइरहेको छ । मोटरसाइकल र स्कुटर चोरीमा संलग्न ८ जनालाई ट्राफिक प्रहरी महाशाखाले पक्रेको छ । ट्राफिक प्रहरीले लकडाउन शुरु भएपछि ९० वटा मोटरसाइकल फेला पारेर सवारी धनीलाई जिम्मा लगाएको छ । 

चालू आर्थिक वर्ष ०७६/७७ मा महाशाखाले ३ सय २५ वटा हराएका दुईपांग्रे सवारी फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।  सवारी हराएको थाहा पाउनासाथ हटलाईन नम्बर ‘१०३’ वा अनलाईन सेवा ‘लस्ट भेहिकल एप्लिकेशन’ लगइन गरेर निवेदन दिन सकिन्छ । 


कस्तो लाग्यो ?

यो पनि