जेठ ०५, २०८१, शनिबार
               

भक्तपुरमा जग्गा देखाउने भन्दै खेतमा लगेर हत्या

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिका –८ सुडालमा अपरिचित व्यक्तिको कुटाइबाट घाइते भएका एक जनाको बिहीबार मृत्यु भएको छ । अज्ञात व्यक्तिको कुटपिटबाट घाइते भएका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो ।  बुधबार साँझ कुटपिटबाट गम्भीर घाइते भएका योञ्जनलाई मध्यपुर अस्पताल लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको थियो । सुडालमा पसल सञ्चालन गरिरहेका योञ्जनलाई दुई जना अपरिचित व्यक्तिले जग्गा हेर्ने बहानामा खेतमा लगेको परिवारले जनाएको छ । घर नजिकैको जग्गा देखाउन गएका उनलाई त्यहीँ कुटपिट गरी उनले लगाएको अढाई तोलाको सुनको ब्रासलेट समेत लुटेर फरार भएको परिवारले जनाएको छ ।

प्रहरीले घटनाबारे मध्यपुर अस्पतालबाट जानकारी प्राप्त भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । घटनामा संलग्नको खोजी भइरहेको उनले बताए । 
 


कस्तो लाग्यो ?

यो पनि