जेठ ०२, २०८१, बुधबार
               

विप्लव युवा संगठनका झापा जिल्ला अध्यक्ष पक्राउ, विप्लव माओवादीद्वारा तत्काल रिहाइ गर्न माग

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

झापा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन झापाका जिल्ला अध्यक्ष सम्राट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

सोमबार बेलुका घरमा परिवारसँग बसिरहेको अवस्थामा उनलाई गिरफ्तार गरिएको भन्दै विप्लव माओवादीले तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार मात्रै उक्त संगठनले झापाको शिवसतासिमा पार्टीको जिल्ला चौथो सम्मेलन सम्पन्न गरेको थियो । अध्यक्षमा पक्राउ परेका सम्राटलाई चुनेको थियो ।

संगठनका मेची–कोशी ब्युरो संयोजक नुलुकले एक प्रेस विज्ञप्ति जारी गर्दै रिहाइको माग गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि