जेठ ०२, २०८१, बुधबार
               

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

कपिल्बस्तु । शिवराज नगरपालिका-४ मा आज ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  साँझ ६ बजे ट्रयाक्टर अनियन्त्तित भई दुर्घटना हुँदा महाराजगञ्ज नगरपालिका वडा नं २ पडरियाका करीब २८ वर्षीय चालक सर्फुदिन मुसलमान (चिन्नु) को मृत्यु भएको प्रहरीले जनाएको छ  । 

खरेन्द्रपुर महाराजगञ्ज सडकखण्डमा लु ३ त ४८८ नं को ट्रयाक्टर  दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए । ट्रयाक्टरले च्यापेका अवस्थामा मुसलमानलाई उद्धार गरी शिवराज अस्पताल बहादुरगञ्जमा उपचारका क्रममा ल्याउँदा मृत्यु भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि